FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

१. काईके गाउँपालिका कुन ठाउँमा अबस्थित छ ?

    उत्तर  सहरतारा बगर ०२ डोल्पा

२. काईके गाउँपालिका को कूल जनसंख्या कति होला ?

     उत्तर- २०६८ को जनगणना अनुसार काईके गाउँपालिका को कुल जनसंख्या ३,५७६ रहेको छ   

३. गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा के के हुन् ?

    उत्तर - गाउँपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइसराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ I

४‍. योजना सम्झौताको लागि आवश्यक कागजातहरु के के हुन ?

    उत्तर

    १.वडा प्रतिनिधिको रोहबरमा योजनाको उपभोक्ता समिति गठन गर्ने |

    २.योजना सम्झौताको लागि वार्ड कार्यालयको सिफारिस |

    ३.प्राबिधिक लागत इस्टिमेट |

    ४.योजना निर्माण उपभोक्ता समितिको छाप |

    ५ .योजना निर्माण उपभोक्ता समितिका अध्यक्षको निबेदन |

    ६.योजना उपभोक्ता समितिका पधाधिकारिको नागरिकताको प्रतिलिपी |

    ७.योजनाको सम्झौता पत्र |

५. स्थानीय स्तरमा विकास आयोजना कसरि संचालन हुन्छन ?

     उत्तर.

    १.उपभोक्ता समिति गठन |

    २.उपभोता समिति संग योजना सम्झौता |

    ३.उपभोक्ता समितिको बैंक खाता खोल्ने |

    ४.काम सम्पन्न भए पछि योजना फरफारक को काम |

६. उपभोक्ता समितिले बैंक खाता कसरि खोल्न सक्छन ?

       उत्तर

       १.योजना उपभोक्ता समितिको निर्णयको छाया कपि |

       २.अध्यक्ष ,कोशाध्यक्ष र सचिवका फोटा र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |

       ३.खाता खोल्ने बैंकको दस्तखत नमुना फाराम |

       ४.सम्बन्धित बैंक लाई गाउँपालिकाको खाता खोल्ने सिफारिस पत्र |

७. घर जग्गा नामसारी सिफारिसको लागि चाहिने कागजातहरु के के हुन ?

       उत्तर  

      १.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |

      २.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|

      ३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी| ४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|

      ५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

 

  नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?
  घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
  जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
  धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
  धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?