FAQs Complain Problems

नागरिक वडापत्र

काईके गाउँपालिकाको नागरिक वडापत्र

नागरिक बडापत्रले सार्वजनिक सेवालाई छिटो, छरितो, विश्वसनीय,पारदर्शी र प्रभावकारी बनाउन सहयोग गर्दछ। देशमा सुशासन कायम गर्ने सन्दर्भमा सुशासन ‌(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले नागरिक बडापत्रलाई पनि कार्यसञ्चालनको एउटा आधार बनाएको छ। सार्वजनिक सेवालाई जनमैत्री बनाउन प्रत्येक सार्वजनिक निकायले नागरिक बडापत्र जारी गर्नु पर्ने व्यवस्था गरेको छ। नागरिक बडापत्रमा सार्वजनिक निकायले सार्वजनिक सेवासँग सम्बन्धित शाखा र पदाधिकारीको नाम, काम सम्पन्न गर्न लाग्ने समयावधी र शुल्क, गुनासो सुन्ने पदाधिकारी र उजुरी गर्ने तरीका तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था राखिएको हुन्छ।